उपनिर्वाचनको परिणाम पछि मुलुकको राष्ट्रिय राजनिति फेरि एकपटक सरकार परिवर्तनको हल्लाले तातेकोछ । सरकारमा रहेको नेकपा एस बर्तमान गठबन्धन प्रति असन्तुष्ट रहेको यस्कानेताहरु को अभिव्यक्तिबाट प्रष्टिन्छ । गणितिय टेकोमा अडेको सरकार सानो धक्काले पनि भत्किन सक्छ । कांग्रेस मौका पाउना साथ यो गठबन्धन भत्काउन उद्दतछ ।स–साना दल अझ माओवादि, रास्वपा, राप्रपा जस्ता पार्टिलाई एउटा साईजमा ल्याउन पनि कांग्रेस र एमालेको सरकार बनाउनु पर्छ भन्ने बलि यो मत दुबै पार्टीमा देख्न सकिन्छ । दुबै पार्टीका दोश्रो तहका नेताहरुले भित्रिरुपमा यो चलखेललाई बढाएका छन । तसर्थ कति बेला नयाँ गठबन्धन बन्छ वा बन्दैन लामो समयसम्म जान्छ वा जादैन भन्न सकिदैन, मूलुकको राजनीति झनझन अस्थिरर तरल हुदैगएको देखिन्छ ।
सत्ता र स्वार्थलाई प्रधानता दिदा सिङ्गो राजनीति आदर्श, बिचार रनितीबाट स्खलित हुदैछ । पदको लागी जा संग मिल्न सक्ने नेताहरूको प्रवृत्तिले मूल्यको राजनीतिक कमजोर हुदैछ । बर्तमान निर्वाचन प्रणालिले कसैको बहुमत नआउने, संख्या पुर्याउन जोसंग पनि मिल्नु पर्ने सत्ताको खेलले निरन्तर अस्थिरताको भुमरिमा मुलुक फसेको छ । त्रुटीपूर्ण निर्वाचन प्रणालिका बारेमा अब बहस आरम्भ गर्नु पर्ने देखिन्छ । स्थायित्वको अभावमा लामो समयदेखि बिकासले गति प्राप्त गर्न सकेको छैन । एउटा प्रधानमन्त्रीले पुर्णकार्यकाल सरकार चलाउन असमर्थ रहदा हरेक क्षेत्रमा त्यस्को प्रभाव देखिन्छ । हाम्रो जस्तो देश जहा समस्या र चुनौतीको पहाड छ । गरिब झनझन ओरालो लाग्दैछ शिक्षा, स्वास्थ मंहगो छ । देशमा रोजगारिको ठुलो अभाव छ । दक्ष जन शक्ति बाहिरिदै छन उत्पादनसंग, दक्ष जनशक्तिलाई जोडन नसक्दा पर निर्भर अर्थतन्त्रले कतिन्जेल धान्न सकिएला आयातमुखी अर्थ व्यवस्थाले निम्त्याएको सार्वजनिक रिण २४ खर्ब नाघि सक्यो । कुल जिडिपीको ४२% रिण तिर्न खर्च गर्नुपर्ने अर्थतन्त्र बोकेर समृद्धीको सपना कसरि सार्थक होला । सत्ताको लागि गरिने अस्वभाविक क्रियाकलापले मूलुकका प्राथमिकताहरु ओझेल पर्दैछन ।
भर्खर उपनिर्वाचनको परिणाम आयो यसले ठुला दुई राजनितिक शक्ति कांग्रेस र एमालेको पक्षमा जनमत देखीयो । घण्टिको रालो चुडिएको देखि यो रविको घुलमिले छ बिले बिस्तारै यो पार्टि प्रतिको मोह भंग हुने देखिन्छ । सहकारी ठगिका आरोपित रबिले अविलम्ब आफू माथि लागेको आरोपको पुष्टि गर्न चूनौति दिदै गृहमन्त्रिबाट राजिनामा दिँदा घण्टि आउने दिनमा जनताको मनमा बज्ला अन्यथा घण्टी मन्दिरमा सिमित हुनसक्छ । ७२ घण्टा भित्र ढाका प्रसादलाई एउटा अडियो प्रकासित हँुदा कार्वाही गर्ने पार्टीले रबिको हकमा यो नियमकिन लागू गर्न सकेन जनतामा यो प्रश्न उठिरहेको छ । तसर्थ बैकल्पिक भनिने शक्ति पनि उहिड्याङका मूला हुन भन्ने संकेत गएको छ । अवसर नपाएर ईमान्दार भएको हो, अघाएको रांगो भन्दा भोकाएको रांगो खतरनाक हुन्छ भन्थे रुपचन्द्रबिष्ट (रुदाने) को भनाई रास्वपामा लागूहुने देखिन्छ । गुहमन्त्रीको मोह यति बिघ्न किन सर्वत्र चासो छ ।
जनताले उपनिर्वाचनमा अघाएकालाई नै रोजे यिनले कम खान्छन भनेर..। नेपाली जनता यति बेला कर्तव्य बिमूढ छन । परिवर्तनको नाम यिन्ले ठुलो मूल्य चुकाए । सामन्तवाद देखिनिंरकुश तन्त्रकोबिरुद्ध उभिए जेल सहादत त्याग बलिदानको रक्तिमई तिहास कसैले बिर्सन सक्दैन यसरी ल्याएको व्यवस्थाले फगत अस्थिरतार कुशासन, भ्रष्टता भन्दा अरू केही थोक दिएन । राजाको ठाउँ लिएका नवराजाहरुले सक्कली राजतन्त्रलाई बिर्साइदिए । आज नव पारसहरुहरेक भ्रष्टाचार काण्डमा मुछिएका छन । सुनकाण्ड, शरणार्थीकाण्ड, ओम्नी सबैमा कथित राजकुमारहरुको संलग्नता देखिनु दुर्भाग्य पुर्ण घटना हुन । हिजो मुक्तिको लागि लडेकाहरू आज जसरी नै पैसा कमाउने धन्दामा लागेको देख्दा उदेक लाग्छ ।
राजनिति प्रति चर्को घृणा छ । बिदेशीएका नौ जवानहरुको कारुणिक कथा र पिडा भनि साध्य छैन । हाम्रा चेलेबेटी जो रोजगारको लागि बिदेशमा छन तिन्का दारुण अवस्था ति माथि हुने देखिने÷नदेखिने हिंसा अवर्णनीय छ । यहि देशमा निर्मला पन्तका हत्यारा त खोज्न नसक्ने कायरहरूबाट जनताले के आसागर्ने..? सबै सत्ताको खोजिमा मात्र छन । देशप्रतिको जिम्मेवा रिकसैमा देखिएको छैन । नयाँ पुस्तामाथि भरोसा गर्न सकिन्छ भन्ने सन्देश सुहाङको बिजयले दिएको छ । यो एमालेको मात्र जित होईन उस्ले छनौट गरेको पात्र शालिन, भद्र पढेको युवा हो । अलिकति आकर्षण त्यो पनि हो ।
अहिले यूवा पुस्ताको चर्चा चलिरहदा राजनितिमा क्षमता र योग्यता लोकप्रियतार निष्ठा÷बिचारले लैस युवा पूस्ता भन्न खोजिएको हो । एउटै पुस्ता जस्ले पंचायतलाई ढाल्यो, जेलनेल भोग्यो, बहुदलिय व्यवस्था पछिला समय सत्ता चलायो । उमेरले नेटो काटि सक्यो अब उशाररिक दुर्बलताले ठिङ्ग उभिन सक्दैन र्याल काडछ, जिवनमा पाउने जती सम्मा नपाई सक्यो तिन्ले त्याग किन नगरेको होला अचम्म लाग्छ । ३५्४० वर्ष सम्म एउटै पार्टीको अध्यक्ष हँुदा पनि नेतृत्व गर्ने धित नमरेको देख्दा आश्चर्य चकित लाग्छ । नेतृत्वमा रहनेले आर्यघाट सम्म नपुगुञ्जेल नेतृत्व छाड्दैनन् । आफ्नो कुर्सिमा कोहि बस्न आए कुर्सि भाचिदिन्छू भन्दै दुई पटक शरिरको पाट पूर्जा फेरेर पनि अझ २० वर्ष नेतृत्वमा रहन्छू भन्ने नेता, हाम्रो देशमा मात्र छन् । संसारको कुनै देशमा पाईदैन । गज्जब त यिनलाई पटक पटक जिताउने जनताको सचेतता एक छाक मासु भात र केहि पैसामा बिटुलि दिँदा सिङ्गो देशको भबिष्य धमिराले खाएको काठ जस्तो हुँदै गएको तर्फ किन हेक्का नराखेको अनुत्तरित प्रश्न घाम जति कै सबको सामूछ ।
वर्तमान परिवर्तनले पनि जनताको मुहारमा हाँसो ल्याउन सकेन तथा सत्तामा बस्नेहरुका जिवन शैलि बदलियो यि रातारात महलमा पुगे यिनका अटहास र लोभ लाग्दो जिवन शैलि सयौ शहिदहरुको बलिदानी पूर्ण उत्सर्गको उपज हो । सत्ताको फोहरि खेलले डुङडूङ्ति गनाउदा पनि अत्तर लगाएर हिडनेहरुले कुनै दिन ईतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्छ । आफूले पद नपाए भत्काउने, पाए जो संग पनि मिल्न जाने असैदान्तिक गठ जोड गर्ने प्रवृत्ति नितिहिनताको चरम उत्कर्ष हो– पद लोलुपता । बहुदलिय प्रजातन्त्र आगमनको ३५वर्ष र गणतन्त्रको १८ वर्ष नढाटी भन्दा कुनै उत्साहजनक रहेन । घुमिफिरी रुम्जाटार भने झै जति सुकै प्रजातन्त्र र उत्कृष्ठ संविधान भने पनि जिवन शैलि नेपाली जनको अवस्था जस्ताको तेस्तै छ । कांग्रैस–माओवादी मिले पनि एमाले–माओवादी मिले पनि कांग्रेस–एमाले मिले पनि जनतालाई अब कुनै चासो रहेन । फर्सि चुले सिमा ठोक्किए पनि चुलेसि फर्सि माथि बाजारिए पनि काटिने फर्सिनै हो । जसको सरकार बने पनि डेलिभरि बिनाको सरकारको कुनै अर्थ देखिदैन । बेलैमा नेताहरुलेसो चुन सधैभरि जनतालाई झुक्याउन नसकिएला बिस्तारै जब जनता जागरुक हुन्छन, जब हिसाब खोज्न थाल्छन त्यति बेला तपाईले गोताबाया राजापाक्षेको नियति भोग्न नपर्ला भन्न सकिन्न