शुभाषचन्द्र नेवाङको निधन पछि रिक्त रहेको ईलाम २ र बझाङको प्रदेशसभाको उपनिर्वाचनले मुलुक तरंगित छ । अहिलेको ताजा जनादेश कस्को पक्षमा छ भन्ने मापन यो निवार्चनको परिणामले गर्नेछ । चितवन र तनहुमा गयको उपनिर्वाचनमा जनताले दल त परिवर्तन गरेनन तर मत व्यापकरुपले परिवर्तन गरे।दलिय गठबन्धनलाई पराजित गरेर रास्वपाले दुबै क्षेत्रमा भारिमतका साथ बिजय हासिल गर्यो । तत्कालिन गठबन्धन मात्र होईन कांग्रेस र एमालेले चितवन र तनहुमा मिलेर उम्मेदवार उठाउने महागठबन्धनकारि प्रयासलाई पनि चितवन र तनहुका जनताले निस्तेज बनाई दिए । जनता एकोहोरिय पछि कसैको केहि नचल्दो रै छ भन्ने सन्देश गत निर्वाचणको परिणामले दियो । त्यतिमात्र होईन ठुला दलप्रतिको चरम बितृष्णा एकातिर देखियो भने अर्को तर्फ बैकल्पिक शक्तिको आवश्यकता र खोजिको रुझान पनि देखियो।

रास्वपा संसदको चौथौ ठुलो शक्ती बन्नुमा ठुलो दलहरुप्रतिको बिकर्षण पनि हो । देशमा शुसासनको अभाव, बढदो भष्टाचार युवावर्गको पलायन बैदेशिक शक्तिको हस्तक्षेप निरन्तरको राजनितिक अस्थिरताबाट आजित जनता नया राष्टिय शक्तीको खोजिमा छन।ईमान्दार र निष्ठा भयका देश बनाउने हुटहुटी बोकेका पढेका जमात अबको राजनितिको मियो बन्नसक्नुपर्छ।यहि पृष्ठभुमिमा ईलाम र बझाङमा उपनिर्वाचनको माहौल तात्दैछ।कांग्रेस एमाले रास्वपा पहिचानवादीको नाममा स्वतन्त्र उम्मेदवार बिच प्रतिस्प्रर्धा हुने देखिन्छ।रास्वपाले मिलन लिम्बुलाई टिकट दियको छ।शुभाष नेवाङले सांघुरो मतले कांग्रेसलाई हरायको क्षेत्र हो यो । जम्मा ११४ मतको फरकले नेवाङ बिजयि भयका थिय।तेतिबेला कांग्रेसलाई माओवादिको समर्थन रहेको थियो अब यो सुबिधा कांग्रेसलाई छैन भने अब एमालेलाई माओवादीको समर्थन हुने देखिन्छ ।

अघिल्लोपटक रास्वपाको उम्मेदवार प्रकाश सापकोटाले १३८० मत प्राप्त गरेका थिय।यसपटक रास्वपाले मिलन लिम्बुलाई टिकट दियर तंरग ल्याएको छ।पत्रकार ् माओवादि पृष्ठभूमिका लिम्वु चर्चित जोशिला यूवा हुन।स्वयंम गृहमन्त्रि लामिछाने नै यिन्को लागि भोट माग्न ईलाम पुगे । मिशन ८४ भन्ने रास्वपाले ८४ मा बहुमत ल्यायर सरकार बनाउने दावि गरिरहेको छ तसर्थ यो उपनिर्वाचन रास्वपाको लागि ठुलो चुनौति देखियको छ । सुहाङ नेवाङ पढेलिखेका शालिन युवा हुन यिनलाई बाबुको सहानुभुति र माओवादी समर्थन छ तर भूगोल बसेर काम गर्ने मानिसको अबमूल्यन भयो, राजाको छोरा राजा हुने सामन्ति परिपाटीको अन्त्य हुनुपर्छ भन्ने बलियो मत एमाले भित्र सुनिन्छ।यस्ले अन्तर्घात को सम्भावनालाई नकार्न सकिदैन।तर जनता अब हिजो जस्तो छैन न कार्यकर्ता नै हिजोको जस्तो प्रतिबद्द छन।पार्टि नेता संगठन अनुशासन बिचार एकातिर हुदाहुदै पनि जनता पार्टी भन्दा राम्रा मानिस ईमान्दार मान्छे योग्य मानिस छनौट हुनुपर्ने निष्कर्षमा पुग्दैछन ।

उप(चुनावको दुरगामि सन्देश हुनेहुदा यस्ले एउटा पार्टीको पक्षमा वा कुनै अभियानको पक्षमा वा व्यक्तिको पक्षमा लहर आउदै छ भन्ने देखाउछ भने अर्को तर्फ सरकारको लागि आसन्न पराजयको भावना सिर्जना गरि मनोवैज्ञानिक असर र प्रभाव पार्न सक्छ। उदाहरणका लागि, क्यानाडामा, डेबोरा ग्रेको सन् १९८९ को बेभर रिभरमा भएको उपचुनावको विजयलाई प्रमाणको रूपमा हेरिएको थियो । क्यानाडाको नवगठित रिफर्म पार्टी एक गम्भीर राजनीतिक दावेदार हुनेछ र यसले सत्तारूढ प्रोग्रेसिभ कन्जरभेटिभहरूका लागि गम्भीर राजनीतिक खतरा खडा गरेको थियो। त्यसतै २००४ देखि वेन्टवर्थको सदस्यको रूपमा सेवा गरेका पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलको राजीनामा पछि २०१८ वेन्टवर्थ उप–चुनाव भएको थियो ।

वेन्टवर्थलाई लिबरल पार्टीको लागि असाधारण रूपमा सुरक्षित सीट मानिन्थ्यो । लिबरल पार्टी र यसको पूर्ववर्ती पार्टीहरू १९०१ मा यसको स्थापना भएदेखि यस स्थानबाट हारेका थिएनन् । इजरायलका लागि पूर्व राजदूत डेभ शर्मालाई उपनिर्वाचनमा लिबरल पार्टीको उम्मेद्वारबनाइएको थियो। उपनिर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार केरीन फेल्प्स थिए । लिबरल पार्टीले सिट गुमाउनको लागि विशाल १७।७५ दुई(दलीय रुचाइएको स्विङ आवश्यक थियो । अन्ततः, लिबरलहरूले फेल्प्सलाई १९५ स्विङको सामना गर्नु पर्यो, जुन अस्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो उप(चुनाव स्विङ हो, जसले उनलाई सिट जित्यो। यो हानिले संघीय संसदमा लिबरल पार्टीलाई आफ्नो बहुमतबाट वञ्चित गर्यो, उनीहरूलाई अल्पमतको सरकार बनाउन बाध्य बनायो । गत स्थानिय चुनावमा केहि स्वतन्त्रहरुले बाजि मारेपछि जनता बिकल्पको खोजीमा छन भन्ने अन्डर करेन्ट बुझेपछि रविलामिछाने निवार्चनको अघि स्वतन्त्र पार्टी स्थापना गरे जनताको मत जित्न सफल भय फलतस्अहिले सरकारमा छन संसद भित्र चौथौ शक्तिको रुपमा छन।गत उपनिर्वाचनमा रास्वपाले चमत्कार नै देखायो।त्यसैले हुनुपर्छ ८४ मा बहुमत सहित सरकार चलाउने श्लोगान रास्वपाको रहेकोछ ।

वर्तमान सरकारमा रास्वपाको काम कति प्रभावि हुन्छ त्यस्मा यो पार्टिको भविष्य निर्भर छ । पछील्लो समय रविलामिछाने माथि सहकारी ठगिको आरोप छ।कैयन बिवादास्पद मुद्दामा रबि जोडीयका छन । दोहोरो नागरिकता पासपोर्ट, शालिकराम पुडासैनि सहकारी यिनैलाई आधार बनाएर रबि माथी चौर्थफि आक्रमण छ।रबिले नै रास्वपा जन्मायको हुदा रविको पतनरउदयमा रास्वपाको भविष्य जोडियको छ । ठुला दलप्रति मानिसको बितृष्णा जागेको बेला रास्वपाले दाउ त मार्यो तर त्यो टिकाउ र स्थायि हुने आंशका छ । मानिसको घण्टिप्रती आकर्षण त छ तर घण्टीको रुपरंग आकार(प्रकार के हो बुझ्न कठिन छ । ईलाम २ मा घण्टिको माहौल बिस्तारै बन्दैछ तर गत उपनिवार्चनमा जस्तो लहर आउला ठोकुवा गर्न सकिदैन ।

एउटा कुरा प्रष्ट छ उपनिवार्चनले एउटा गतिलो सन्देश दिन्छ नै, त्यहि आगामि राजनितिको मार्गदर्शक हुन्छ। राजावादिको जनमत पनी बढेको देखिन्छ ।स्वंयम ज्ञानेन्द्रकै उचाई बढेको छ राजावादीपार्टीले भोटकति पाउछन त्यो पनि प्रतिक्षाको बिषय छ।त्यसैले अब नया जनादेश उपनिर्वाचन मार्फत ट्रेलरको रुपमा आउछ नै त्यहि आधारमा ८४मा कस्तो सिनेमा बन्छ त्यो आकलन गर्न सकिन्छ । अस्तू