फाइल तस्बीर

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा १३ नम्बर वडा प्रवेश गरेको छ । सोमबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो क्वार्टरफाइन खेलमा १३ नम्बर वडाले १८ नम्बरवडालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले जानकारी दिनुभएको छ । खेलको म्यान अफ द म्याच घोषित भएको रोजन थिङलाई केल्भीको जर्सी प्रदान गरिएको गौतमले बताउनुभयो ।

सोमबार भएकै दोस्रो क्वार्टरफाइनल खेलमा १४ नम्बर वडा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । १० नम्बर वडालाई टाइब्रेरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच गोलरक्षक अस्मिर गोङबा घोषित भएका छन् ।

प्रतियोगिताको उपधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुनेले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।