हेटौँडाः हेटौँडा अस्पतालमा फागुन महिनामा १७ जना किशोरीहरु आमा बनेको छन् । एक महिनाको अवधिमा २० वर्ष भन्दा कम उमेरका १७ जना किशोरी आमा बनेका हुन् ।
अस्पतालमा २ सय ६० जना गर्भवतीले प्रसुती सेवा लिँदा १७ जना किशोरीले पनि प्रसुती सेवा लिएको हेटौँडा अस्पतालका सुचना अधिकारी राजीव झाले जानकारी दिनुभयो । फागुन महिनामा अस्पतालबाट प्रसुती सेवा लिएका २ सय ६० जना मध्ये १ सय ५१ जनाले सामान्य अवस्थामा बच्चा जन्माए छन् । १९ जना गर्भवतीको जटिल अवस्थामा प्रसुती गराइएको थियो भने ९३ जनाको शल्यक्रिया गरिएको अस्पतालका सुचना अधिकृत झाले जानकारी दिनुभयो । फागुन महिनामा १ सय २८ जना बालिका र १ सय ३२ जना बालकको जन्म भएको छ ।
किशोरावस्थामा गभर्वती भई बच्चा जन्माउँदा जटिलताको खतरा रहने चिकित्सकको भनाइ छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी र दण्डनीय मानिए पनि निरन्तर बालविवाह र किशोरावस्थामै आमा बन्ने क्रम रोकिएको छैन ।