बागमती प्रदेशका लागि ५ विकेट लिएका मकवानपुरका रिजन ढकाल। फाइल तस्वीर।

हेटौंडाः नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका लागि मकवानपुरे खेलाडी रिजन ढकालले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बायाँहाते तीब्र गतिका बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शनी गरेका हुन् ।

लुम्बिनी प्रदेशको तिलोतमामा भएको उद्घाटन खेलमा बागमती प्रदेश विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँगै १०० रनले पराजित भएको छ । टस जितेर फिल्डिङ्ग रोजेको बागमती प्रदेशका लागि मकवानपुरका रिजन ढकालले ५ विकेट लिएका छन् ।

बागमती तर्फबाट खेलेका ढकालले एपीएफविरुद्ध ८ ओभरमा ३० रन खर्चेर ५ विकेट लिन सफल भएका हुन् । मकवानपुरे ढकालले भुवन कार्की, सन्दीप जोरा, कमल गैरे, अभिषेक गौतम र अभिनाष बोहोरालाई ३० रन दिएर आउट गरेका हुन् ।

यस्तै, बागमतीका लागि नन्दन यादवले ३ विकेट लिँदा सूर्या तामाङले २ विकेट लिएका थिए । टस जितेर एपीएफको टिमबाट १ सय ७५ रनको लक्ष्य पाएको बागमतीको टिमले २८ ओभरमा ७४ रन बनाउँदै सबै विकेट गुमाउन पुगेको थियो । बागमतीका लागि शुंभ कंसाकारले २४ बलमा १६ रन बनाएका थिए । १६ रन बनाएका कंसाकारले एपीएफविरुद्ध २ वटा चौका प्रहार गरेका थिए ।

मकवानपुरकै रिजन ढकालले बिना आउट ५ बलमा ३ रन जोड्न सफल भएका थिए । बागमतीका लागि सन्दीप जहाराले सर्वाधिक ३७ रन बनाएका थिए । अमर रौटेलले २६ रन र दीपक बोहोराले २५ रन बनाएका थिए । म्यान अफ द म्याच एपीएफका कमल गैरे घोषित भएका छन् ।