हेटौँडा : यसै वर्ष एसईईमा सहभागी हुनुपर्ने हेटौँडा–५, पिप्लेका प्रियान्सु आचार्यको आइतबार राप्तीखोलामा डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा हेटौँडा–१, राप्तीखोलामा पौडी खेल्न गएका १७ वर्षीय प्रियान्सु आचार्यको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रियान्सु र अर्का २ जना साथी पौडी खेल्न राप्तीखोला गएका थिए । हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा कक्षा १० मा अध्ययनरत प्रियान्सु र प्रियान्सुका दुई जना साथीसहित ३ जना बिहानको पढाई सकेर खाना खाएपछि विद्यालय जानकै लागि भनेर हिँडेका थिए । दिउँसोको पढाईका लागि विद्यालय नगई पौडी खेल्न खोला गएको बुझिएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।










