हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित तासिर इंलिस सेकेण्डरी बोर्डिङ स्कूलले समाजका लागि तासिर कार्यक्रमको आयोजना गरेको छ । बुधबार नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सभाहलमा समाजका लागि तासिर कार्यक्रमको आयोजना गरेको हो । हेटौँडा–६ का वडाअध्यक्ष विष्णु बहादुर दहालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रामहरी कार्कीको सभाध्यक्षमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गनुहुँदै वडाध्यक्ष दहालले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेर ४ जिपिए ल्याउन सफल भएको डाफीन राइका र विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो । तासिर बोर्डिङले शैक्षिक क्षेत्रसँगसँगै अन्यक्षेत्रमा पनि महत्वपूर्व भूमिका निर्वाह गर्दै आएको बताउनुहुँदै अभिभावकहरुको आकर्षण बढ्दै गरेको धारणा राख्नुभयो । तासिर स्कूलका सञ्चालक राजन थापाले विद्यार्थीका लागि सीपमुलक तथा व्यावसायिक तालिकको आयोजनामा गर्दै जाने बताउनुभयो । विश्व बजारलाई आवश्यक जनशक्ति उत्पादनमा जोड दिने उहाँको भनाई छ ।

तासिर स्कूलका प्रिन्सीपल बिनोद थपलियाले विद्यार्थीको क्षमतालाई समाजमा प्रस्तुत गर्न, समाजका लागि तासिरको भुमिकाबारे सुझाव संकलन गर्न र भावी योजना निर्माण गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक र अन्य कलाहरु प्रस्तुत गरेको उहाँले बताउनुभयो । कार्यक्रममा नारायणी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव प्रसाद सञ्जेल, व्यवस्थापक नवराज गौतमको पनि आतिथ्य रहेको थियो ।