हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा जेठ २९ गतेदेखि सुरु भएको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम शनिबार सकिएको छ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा १०६ वटा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाइएको थियो । दादुरा रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाइएको थियो ।
हेटौंडा उपमहानगरका ११ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले लिएको थियो । वडास्तरमा रहेको हेटौंडा उपमहानगरको स्वास्थ्य इकाईमार्फत वडाको टोल टोलमा पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरिएको थियो । महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गरेर उपमहानगरपालिकाले खोप कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई प्रेरित गरेको थियो ।