Home स्वास्थ्य दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सकियो

दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सकियो

शनिबार हेटौंडा–१, चौकीटोलस्थित मजदुर यातायात बोर्डिङ स्कूलमा स्थापना गरिएको खोप केन्द्रमा दादुरा रुबेला विरुद्धको खोप लगाउन बालबालिकासहित आएका अभिभावकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा जेठ २९ गतेदेखि सुरु भएको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम शनिबार सकिएको छ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा १०६ वटा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाइएको थियो । दादुरा रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाइएको थियो ।

हेटौंडा उपमहानगरका ११ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले लिएको थियो । वडास्तरमा रहेको हेटौंडा उपमहानगरको स्वास्थ्य इकाईमार्फत वडाको टोल टोलमा पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरिएको थियो । महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गरेर उपमहानगरपालिकाले खोप कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई प्रेरित गरेको थियो ।

Exit mobile version