गुगल तस्विर ।

हेटौँडाः धादिङ र चितवन जिल्लामा दुई जना मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ मा एकजना पुरुष मृत फेला परेका हुन् ।

बिहीबार त्रिशुली नदिको किनारमा नाम थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको छ । यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–२, गड्यौलीमा एकजना पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला पर्नेमा ७१ वर्षीय नथुनी यादव रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ४ बजेर १६ मिनेटको समयमा महोत्तरी जिल्ला औरही नगरपालिका–६ घर भई हाल जिल्ला चितवनस्थित सुरदेवी मन्दिर नजिकै कुटीमा मन्दिर रेखदेख गरी बस्ने यादव मृत फेला परेको प्रहरीले जनाएको छ ।