हेटौँडाः हेटौँडा–१८, दोभानचौरमा एक गोठमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा भुवनेश्वर सञ्जेलको काठ र जस्ताले बनेको गोठमा विद्युत सर्ट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागी हुँदा काठ, अन्नपात र गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा ४ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । आगलागीमा मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।