हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, शिखरबासमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया बेलिमाया घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो ४ बजेको समयमा घलान आफ्नै घरमा बान्ता गरी बिरामी भएकोमा उपचारका लागि हेटौँडास्थित सहकारी अस्पतालमा ल्याएकोमा राती १० बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको थियो । अनुसन्धानको क्रममा घलानले विषादी सेवन गरेको हुनसक्ने डाक्टरले बताएको प्रहरीले जनाएको छ ।