वार्षिकोत्सवको अवसरमा सहयोेगी बसन्त रोक्कालाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माविको ७३ औं वार्षिकोत्सव कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्र्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार वार्षिकोत्सव समारोह भएको हो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थी, शिक्षक, सहयोगीलाई सम्मान समेत गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापनाका लागि हेटौँडा–१६, हटिया निवासी बसन्त रोक्काले एक लाख रुपैैयाँ सहयोेग गर्नुुभएको छ । यस्तै हेटौँडा–७ निवासी राजु अधिकारीले पनि अक्षयकोषका लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वार्षिकोत्सव समारोहमा विद्यार्थीले गायन, नृत्य कला प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष उद्धव सत्यालको पनि आतिथ्य रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा पाँच सय दुइ जना विद्यार्थी अध्ययनरत छन् ।