हेटौँडाः मकवानपुरमा जिम्नास्टिक संघ गठन गरिएको छ । बिहिबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा नेपाल जिम्नास्टिक संघका कोषाध्यक्ष सुनिलमान सिंको संयोजकत्व तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको अध्यक्षतामा भएको भेलाले सुनिल गिरीको अध्यक्षतामा मकवानपुर जिल्ला जिम्नास्टिक संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा गजेन्द्र राज गिरी, महासचिवमा रणवीर थापा (बब्लु), कोषाध्यक्षमा अनुप कुमार लामा चयन हुनुभएको छ । संघको सदस्यमा विमल लामा, रविन्द्र शाही, सुम्रा थापा, मनिष योञ्जन, प्रलय चौलागाई, भीमबहादुर देउला, राजेश तामाङ, राजेश देउला र मदन श्रेष्ययठ चयन हुनुभएको छ ।
हेटौँडा–४, कमलडाँडास्थित नवोदय शिशु सदनको वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत जिम्नास्टिक खेल कला प्रदर्शनी समेत गरिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका खेलाडीले जिम्नास्टिक खेल कला प्रस्तुत गरेका थिए ।