बालकृष्ण चौलागाई अध्यक्ष, सी आशा विशेष पाठशाला व्यवस्थापन समिति

बालकृष्ण चौलागाई
अध्यक्ष, सी आशा विशेष पाठशाला व्यवस्थापन समिति

शारीरिक एवम् मानसिकरुपमा केही बालबालिकामा समस्या देखिने गरेको छ । जसका कारण उनीहरुले आफ्नो नियमित क्रियाकलाप आफैँ गर्न सक्दैनन् । दैनिक नियमित क्रियाकलापमा समेत अरुको साथ, सहयोग, उपस्थिति अनिवार्य रहन्छ । यस्ता बालबालिकाका अभिभावकका लागि ठूलो चुनौति रहन्छ । यस्तै विशेष क्षमता भएका बालबालिकालाई लक्षित गरेर हेटौँडा–७, नागस्वतीमा सी आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्र सञ्चालनमा रहेको छ । विशेष विद्यालयको विषयमा आशा विशेष पाठशाला व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौलागाईसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले गर्नु भएको कुराकानीको सम्पादित अंशः

समाजः आशा विशेष पाठशाला कस्तो किसिमको विद्यालय हो ?
चौलागाईः
विशेष क्षमता भएका बालबालिकाहरुलाई पढाउने भएको हुँदा यो विशेष विद्यालय भएको हो । यो विद्यालयमा सिपि डाउन सिन्ड्रम (अटिजम) सुस्त मनस्थिति भएका बालबालिकाहरु हुन्छन् । र यहाँ टाढाबाट आएका विद्यार्थीहरु पनि राखिन्छ । त्यस कारण यो विद्यालय विशेष विद्यालय मात्र नभई पुनस्र्थापना केन्द्र पनि हो ।

समाजः सामान्य विद्यालयहरु भन्दा यो विद्यालयमा के फरक छ ?
चौलागाईः
एउटा नयाँ मोबाईल किन्दा जस्तो खाली हुन्छ त्यस्तै खाली दिमाग भएका बालबालिका हुन्छन् । त्यो शून्य दिमागलाई हामी भर्ने काम गर्छौं । भिन्न शैलीबाट पढाई हुन्छ । फोटो माध्यमबाट पढाउने गरिन्छ । सामग्री देखाएर पढाउनु पर्छ । उनीहरुलाई व्यवहार सिकाउने हो । दैनिक जीवनमा गर्नुपर्ने काम सिकाउने हो । जस्तै हात धुने, आफ्नो सरसफाई गर्ने, सामान्य शिक्षा दिने हो । नाम, परिवारको नाम, मोबाईल नम्बर याद गराउने हुन्छ ।

समाजः यहाँको कक्षा माथि जानका लागि के हुन्छ ?
चौलागाईः
यहाँ ए, बी, सी र डी कक्षा हुन्छ । सबैभन्दा सुरुको कक्षा डी हो । र यही क्रम बढ्दै जाने हुन्छ । डीमा काउन्सिलीङ्ग गर्ने र पछि सी, बी हुँदै ए मा पुग्छ । त्यहाँ उनिहरुलाई केहि हदसम्म कमाउन सक्ने बनाउने काम हुन्छ । सिलाई सिकाउने, बत्ति बनाउन सिकाउने, कोहिलाई होम गार्डसम्म बस्न सक्ने बनाइन्छ ।

समाजः विद्यार्थीहरुको परीक्षा कसरी लिने गरिन्छ ?
चौलागाईः
विद्यार्थीको नभई शिक्षकको परीक्षा लिने हो । एउटा विद्यार्थीले दिनभरी त्यस विद्यालयमा रहेको समयका के के हर्कत ग¥यो भनी हरेक शिक्षकले डायरीका टिप्नु पर्छ । र महिनाको अन्तिममा अभिभावक समक्ष त्यो रिपोर्ट बुझाउने काम हुन्छ ।

समाजः विद्यालयको मुख्य समस्या के छ ?
चौलागाईः
विद्यालयको भौतिक स्थिति सुधार्नुपर्ने छ । भवनहरु कक्षाकोठाहरु पुगिरहेको छैन । यो विद्यालय दाताहरुले चलाइरहेको अवस्था छ । अहिले विद्यालय सी आशा फाउन्डेशनद्वारा सञ्चालित छ । स्थानीय सरकारको आँखाले यो विद्यालयलाई सामान्य सोचेको छ । यसमा सामान्य विद्यालयलाई भन्दा धेरै बजेटको आवश्यकता पर्छ । विद्यालयले आर्थिक समस्या झेलिरहेको छ ।

समाजः शिक्षक कसरी छनौट हुन्छ ?
चौलागाईः
शिक्षक छान्ने प्रक्रियामा धेरै ध्यान दिन आवश्यक छ । हामीले महिलाहरुलाई प्राथमिकतामा रखेर शिक्षक महिला नै नियुक्त गर्छाै । शैक्षिक योग्यता पनि १२ सम्म भएको र त्यो बालबालिकाहरुलाई आमासरह माया गर्ने व्यवहारको हुन पर्छ ।

समाजः विद्यार्थीहरुलाई नियन्त्रण गर्न कतिको मुस्किल हुन्छ ?
चौलागाईः
सजिलो त केहि पनि हुँदैन । सुस्त मनस्थितिका विद्यार्थी हुन्छन् र तिनीहरुको बानी पनि झग्डालु हुन्छ । चिथोर्ने, टोक्ने किसिमका हुन्छन् । यस्तो विद्यार्थीलाई हेर्नु पर्दा जटिल नै हुन्छ ।

समाजः विशेष क्षमता भएका बालबालिकाहरुको परिवार र समाजले के बुझ्न आवश्यक हुन्छ ?
चौलागाईः
यस्तो बालबालिकाहरुलाई बुझ्न निकै जरुरी छ । एउटा सामान्य व्यक्तिले एउटा कुरा सोच्छ भने विशेष क्षमता भएको व्यक्तिले १० वटा कुरा सोचोको हुन्छ । समाजमा यस्ता बालबालिकाहरुलाई हेर्ने नजर परिवर्तन गर्न आवश्यक छ । परिवारमा पनि यस्तो बच्चा जन्मियो भने अभिसाप मान्ने गर्छन् । तर यो वरदान हो भनी बुझ्न आवश्यक छ । लुकाउने काम नगरी खुलेर यस्ता बालबालिकाहरुलाई अगाडि ल्याउने र सुधार गर्नु नै बदलिँदो समाजको उदाहरण हो ।