सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको संख्या बढ्दै गएको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेमात्र नभई २० वर्षभन्दा कम उमेरमै किशोरीहरु आमा बन्नेको संख्या उल्लेख्य रहनु चिन्ताको विषय बनेको छ ।

हेटौंडामा रहेको हेटौंडा अस्पतालमा कार्तिक महिनामा २२ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालबाट एक महिनामा २० वर्षभन्दा कम उमेर भएका २२ जना किशोरीले प्रसुति सेवा प्राप्त गरेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा कार्तिक महिनामा २ सय ८५ गर्भवती सुत्केरी भएका छन् । १ सय ९९ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८२ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । सूचना अधिकारी झाका अनुसार ४ जनाको जटिल अवस्थामा बच्चा लिकाल्नु परेको थियो । कार्तिक महिनामा २ सय ८५ सुत्केरीले १ सय ६५ जना बालक र १ सय २२ जना बालिकालाई जन्म दिएको उहाँले बताउनुभयो ।

मकवानपुरको विभिन्न पालिकाहरुमा समेत किशोरीहरुले सानै उमेरमा बच्चा जन्माइरहेका छन् । असोज महिनामा राक्सिराङ गाउँपालिकाका ८ जना किशोरीले बच्चा जन्माएका थिए । यस्तै, कार्तिक महिनामा बागमती गाउँपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ३ जना र इन्द्रसरोवर गाउँपालिकाका २ जना किशोरी आमा बनेको पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले जानकारी दिनुभयो । किशोरावस्थामा बालिकाहरु आपैmं उमेरमा सानो हुने भएकाले शिशुलाई कसरी हेर्ने भन्ने कुरा थाहा नहुँदा धेरै समस्या आउन सक्छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण अधिकारीका अनुसार अभैm मानिसहरुमा जनचेतना जगाउन पुगेको छैन । गाउँघर तथा पछाडि परेका मानिसतिर जनचेतना नै नपुगेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा भएको बालमैत्री पालिकाहरुमा समेत किशोरीहरु आमा बनेका छन् ।

अधिकारीका अनुसार विद्यालयले स्वास्थ्यमा पहुँच पु¥याएर विद्यार्थीलाई प्रजनन शिक्षाको विषयमा कक्षा लिन आवश्यक रहेको छ । साथै, घरघर पुगेर समुदायस्तरमा ज्ञान दिनसमेत अति आवश्यक रहेको उहाँको भनाइ छ । विद्यार्थीलाई किशोरावस्थामै नकारात्मक विषयको बारेमा बुझाउनुपर्ने अधिकारीले बताउनुभयो ।

आमाबुबाको कर, दवाव वा आप्mनो स्वेच्छाले अहिले सानो उमेरमै किशोरकिशोरीहरुले विवाह गरेर आमाबुबा बन्न पुगेका छन् । हेटौंडा अस्पतालमा अहिले पनि पहिलेजस्तै किशोरीहरु गर्भवती भई आउने गरेको अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. राघवेन्द्र ठाकुरले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा धेरै गाउँतिरबाट किशोरीहरु गर्भवती भएर आउने गरेको र विभिन्न जिल्लाबाट समेत किशोरीहरु रिफर भई आउने गरेको डा. ठाकुरले बताउनुभयो ।

किशोरीले बच्चा जन्माउँदा जटिलटा हुने, किशोरीको उच्च दबाव हुने, बच्चाको तौल सामान्य भन्दा कम हुने, बच्चा सानो हुने, बच्चा अट्किने समस्या देखा पर्दछ । साथै, पछि गएर आमा तथा शिशुमा ठूलो समस्या आउने डा. ठाकुरले बताउनुभयो ।