प्रेस काउन्सिल आचारसंहिता सम्मान ग्रहण गर्नुहुँदै मकवानपुरका पत्रकार राममणि दाहाल ।

हेटौंडाः प्रेस काउन्सिल आचारसंहिता सम्मानबाट मकवानपुरका पत्रकार राममणि दाहाल सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा दाहाल सम्मानित हुनुभएको हो ।

शनिबार काउन्सिलले आयोजना गरेको कार्यक्रममा दाहाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान गर्नुभएको थियो । दाहाल गोरखापत्रका बागमती प्रदेश संयोजकसमेत रहनुभएको छ । दाहाल पत्रकारिता पेसामा लामो समयदेखि कार्यरत हुनुहुन्छ । काउन्सिलले दाहालसहित १६ जना पत्रकारलाई सम्मान गरेको छ ।