हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार पत्रकारमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले गाउँपालिका आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा असम्बन्धित व्यक्तिलाई राखेर पत्रकारलाई बन्धक बनाएर पत्रकारलाई दुर्व्यवहारसँगै मानसिक तनाव दिएको भन्दै स्वतन्त्र प्रेसमाथि दमन भएको उल्लेख गरेको छ। रास्वपाले प्रेस स्वतन्त्रताको सम्मान गर्न गाउँपालिकालाई अपील गरेको छ।
राजस्व मकवानपुरका सहसंयोजक प्रकाश गौतमले जारी गर्नुभएको विज्ञप्तिमा गाउँपालिकालाई पत्रकारमाथि भएको दुर्व्यवहारको घटनामा क्षमा माग्न पनि भनेको छ।