हेटौँडाः मकवानपुरको भीमफेदी र बागमती गाउँपालिकामा एकैदिन २ जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
भीमफेदी गाउँपालिका–८ माण्डु हाईड्रोपावरको डयाममा एकजना पुरुषको शव फेला परेको छ । शनिबार बिहान १० बजेको समयमा सनाखत नभएको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
यस्तै मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा एकजना पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो २ बजेको समयमा सनाखत नभएको अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेकोे छ । मुचुल्का पश्चात दुवै शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।