वडा कार्यालयको भवन उद्घाटन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । शुक्रबार नगर प्रमुख मिना कुमारी लामाले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै नगर प्रमुख लामाले नागरिकले पाउने र लिने सेवामा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले १० नम्बर वडा कार्यालय अगाडि चाँडै ठूलो प्रविधियुक्त व्यापारिक संरचना निर्माण गर्न उपमहानगरपालिकाले तयारी गरेको बताउनुभयो । यसको चाँडै टेन्डर आव्हान हुने उहाँले बताउनुभयो । गत वर्षको भदौबाट निर्माण सुुरु गरिएको भवनको शुक्रबार उद्घाटन गरिएको हो ।

१० कोठे भवनको लागत करिब ५० लाख रुपैयाँ रहेको १० नम्बरका वडाध्यक्ष फूर्वा दोर्जे लामाले बताउनुभयो । वडा कार्यालय आप्mनै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहज हुने उहाँको भनाई छ । यसअघि १० नम्बर वडाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको थियो । वडा कार्यालयसँगै कार्यालय परिसरमा निर्माण भएको सालक पार्कको पनि उद्घाटन गरिएको छ । वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायत वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।