हेटौँडाः हेटौँडा अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको बुधबार वार्षिक समिक्षा बैठक भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७९–०८० को वार्षिक समिक्षा गर्नुका साथै नयाँ आर्थिक वर्ष २०८०–०८१ को अनुमानित बजेट बाँडफाँड सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा अस्पतालकी स्टाफ नर्स पुजा ओझाले विवरण प्रस्तुत गर्नुभयो । लैङ्गिक हिंसापीडित १२ जना महिलालाई पुनस्र्थापना गर्नुका साथै जीविकोर्पाजनका लागि राहत सहयोग गरिएको ओझाले जानकारी दिनुभयो । पुनस्र्थापना तथा जीविकोर्पाजनका लागि ३ जनाले सिलाई कटाई, २ जनालाई स्कुल ड्रेस र सामग्री, २ जनाले घुम्ती पसल सामग्री, २ जनाले ठेला पसल र ३ जनाले बाख्रापालन व्यवसाय सुरु गरेका छन् ।
स्वास्थ्यकर्मी र कर्मचारीका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । ३ सय २३ जना प्रभावितलाई केन्द्रबाट सेवा प्रदान गरिएको छ । ३ जना प्रभावितलाई अन्य अस्पतालमा रिफर गरी उपचार सेवा प्रदान गरिएको ओझाले जानकारी दिनुभयो । २१ जनालाई अस्पतालमा भर्ना गरी उपचार सेवा प्रदान गरिएको छ ।
हिंसाका घटनामा २४ जना पुरुष, २ सय ९५ जना महिला पीडित भएका छन् भने अन्यमा ४ जना पीडित भएका छन् । घरेलु हिंसामा ४४ जना, शरीरिक हिंसामा ९७ जना, यौनजन्य हिंसामा ९६ जना र मानसिक तनाव वा यातनामा १ सय १० पीडित भएका छन् । यौनजन्य हिंसामा धेरै १५ देखि ४९ उमेर भित्रका परेका छन् । जस्मा १४ वर्षसम्मका ३६ रहेका छन् भने १५ देखि ४९ उमेर भित्रमा ६० जना यौनजन्य हिंसामा परेका ओझाले बताउनुभयो ।
हिंसामा दलित ४२, जनजाति १ सय ८९, मधेसी ८, मुस्लिम ६, ब्राम्हण ७१ र अन्यमा ७ जना परेका छन् । क्षेत्रगत हिंसामा गाँउपालिकामा १ सय २९, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका १ सय ६८ र अन्य जिल्लामा २६ जना रहेका छन् । हेटौँडा उपमहानगरपालिकामा १ सय ५५, थाहा नगरपालिकामा १३, ईन्द्रसरोवर गाँउपालिकामा १, कैलाश गाउँपालिकामा १३, मकवानपुरगढी गाउँपालिकामा १३, बकैया गाउँपालिकामा २८, मनहरी गाउँपालिकामा २५, भिमफेदी गाँउपालिकामा ११, राक्सिराङ्ग गाउँपालिकामा २२, बागमती गाँउपालिकामा १६ र अन्य जिल्लामा २६ गरी जम्मा ३ सय २३ रहेको ओझाले बताउनुभयो ।
हिंसा प्रभावित व्यक्तिहरुलाई उद्दार एवम पुनस्र्थापन सहयोग पाउन प्रभावित व्यक्तिहरुको विवरण अनुसार सामग्री रकम ५ लाख ९ हजार रुपैयाँ र यातायातखर्च २२ हजार गरी जम्मा ५ लाख ३१ हजार रहेको छ । आर्थिक वर्ष २०८०–०८१ को अनुमानित विनियोजित कार्यक्रम तथा बजेट २५ लाख रहेको छ । ओझाका अनुसार फरेन्सिक विशेषज्ञ नभएको कारण लैंङ्गिक हिंसासम्बन्धी अनुसन्धानमा चुनौति रहेको छ ।