हेटौँडा : लागूऔषध सेतो हेरोईनसहित मकवानपुर प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सोमबार साँझ ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७, पेन्चेमा गस्ती गर्दै जाने क्रममा राक्सिराङबाट मनहरी बजारतर्फ आउँदै गरेको जेएच ०३ भी ०५३९ नम्बरको भारतीय स्कार्पियो जिपलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा २० ग्राम ६३० मिलिग्राम लागूऔषध सेतो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधसहित भारतको झारखण्ड राज्यका २८ वर्षीय संजय माझी र बिहार राज्यका ३७ वर्षीय रामदुलार कुमारलाई नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमती लिई प्रहरीले उनीहरुलाई हिरासतमै राखेर थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।