हेटौँडा : हेटौँडा हुँदै बारा जिल्लाको अमलेखगन्ज पुगेको मोटरसाइकलमा प्रहरीले लागूऔषध अफिम बरामद गरेको छ । प्रहरीले लागूऔषध अफिम २ किलो ५ सय ग्रामसहित मोटरसाइकल चालक चितवन जिल्लाको कालिका नगरपालिका–३ का ५० वर्षीय संचलाल वाईवा र मोटरसाइकलमा सवार हेटौँडा–३ का ४८ वर्षीय हीरालाल वाईबालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार बिहान साढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले अमलेखगन्जस्थित प्रहरी कार्यालय अगाडि राजमार्ग चेक प्वाईन्टमा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र ३–०३–००२ प ८११ नम्बरको मोटरसाईकललाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।