हेटौँडा : लागूऔषधसहित मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेबाट सर्लाहीका २६ वर्षीय नथुनी रामलाई पक्राउ गरेको छ ।
आइतबार राती ११ बजेर ५५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटेमा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ४६५ नम्बरको यात्रुवाहक गाडीलाई रोकी सुरक्षाजाँच गर्दा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१, भेरीआहीका नथुनी रामको साथबाट प्रहरीले लागूऔषध फेनार्गन १९८ एम्पुल, नाम उल्लेख नभएको लागूऔषध जस्तो देखिने २९० एम्पुल र नुर्फिन लेखिएको स्टिकर २८४ पिस फेला पारेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।