हेटौँडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, मामदमारमा बिरामी महिलाको चर्चमा उपचार गर्ने क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मामदमारकी २७ वर्षीया टिउरी माया सिङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार सिङ्तानलाई मुटु दुख्ने समस्या देखिएपछि सोहि स्थानमा रहेको चर्चमा लगिएकोमा चर्चमा नै मृत्यु भएको हो । सिङ्तानको एक वर्ष अगाडि पाठेघरको शल्यक्रिया गरेको र बेला–बेला बिरामी हुने गरेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय धर्मको नाममा विभिन्न रोग निको हुने भन्दै भ्रम छर्दै आएको पाइएको छ । प्रहरीले सिङ्तानको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको जनाएको छ । पोष्टमार्टमको रिपोट पश्चात अनुशन्धान कार्य हुने प्रहरीले जनाएको छ ।