Home मुख्य समाचार मकवानपुरको ४४ सहित ४७ जनाको लिखित रिपोर्ट आउँदै

मकवानपुरको ४४ सहित ४७ जनाको लिखित रिपोर्ट आउँदै

हेटौंडाः हेटौंंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डका ४७ जनाको कोरोनाको लिखित रिपोर्ट केहीबेरमा आउने भएको छ । मकवानपुरका ४४ जना, बाराको २ जना र रौतहटका १ जनाको रिपोर्ट आउने भएको हो ।

हेटौंडा–१० मा रहेको कोरोना प्रयोगशालामा भएको परिक्षणमा पोजेटिभ र नेगेटिभ छुट्टाउन समस्या भएपछि दोहोर्‍याएर परिक्षणग गर्न चितवनको भरतपुरमा रहेको प्रयोगशालामा स्वाब पठाइएको थियो ।
चितवनको प्रयोगशालाबाट परिक्षण भई रिपोर्ट हेटौंडा आउँदै गरेको स्रोतको भनाई छ । हेटौंंडा–१० मा रहेको कोरोना परिक्षण ल्याबमा भएको मेशिन अन्य क्षेत्रहरुमा भन्दा उत्कृष्ट रहेको मानिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईले पनि मेशिनको गुणस्तर कायम रहेको बताउनुभएको छ । प्रयोगशालामा विज्ञहरु अहिलेको आवश्यकता अनुसार ठिकै रहेतापनि आवश्यकता अनुसार परिक्षण दोहोर्‍याउनुपर्ने सामान्य रहेको उहाँको भनाई छ ।

यता स्रोतका अनुसार हेटौंडामा कोरोना परिक्षण गर्न प्रयोग हुने केमिकलका कारण समस्या देखिएको हो । यसअघि पनि कोरोना परिक्षण गर्दा सबैको लिखित रिर्पोट दिने गरिएको थियो । मौखिक रुपमा भने सबैको रिपोर्ट नेगिटिभ आएको भनिएतापनि लिखित रुपमै केहीबेरमा सबैको रिपोर्ट आउने हेर्टौंडा स्थित आइसोलेसन वार्डका संयोजक भोला चौलागाईले बताउनुभयो ।

Exit mobile version