हेटौँडा : रोयल इन्फिल्डको ‘गोवन–३५०’ मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । बुधबार नेपालमा सार्वजनिक भएसँगै हेटौँडामा पनि सोहि दिन एक विशेष कार्यक्रमका बीच मोटरसाइकल सार्वजनिक भएको हो ।
हेटौँडास्थित रोयल इन्फिल्डको आधिकारिक शोरुम ओम अटोमोवाइल्समा यो नयाँ संस्करण सार्वजनिक गरिएको हो । आकर्षक लुक्स र आधुनिक विशेषतासहित परिमार्जन गरिएको यो मोटरसाइकल बजारमा ल्याइएको हो । शोरुमका अनुसार यस मोटरसाइकलका दुई वटा संस्करण (भेरिएन्ट) बजारमा उपलब्ध छन् । जसको मूल्य ६ लाख २ हजार र ५ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । रङ र केही प्राविधिक विशेषताका आधारमा मूल्यमा सामान्य भिन्नता रहेको छ । सहरको भिडभाडदेखि खुल्ला राजमार्गका लागि यो अनुकूल रहेको कम्पनीले जनाएको छ । विशेषगरी स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरुलाई लक्षित गरी कम्पनीले यो मोटरसाइकल बजारमा ल्याएको हो ।
