Home मुख्य समाचार इद उल फित्रको अवसरमा मुस्लिम युवाद्वारा राहत वितरण

इद उल फित्रको अवसरमा मुस्लिम युवाद्वारा राहत वितरण

हेटौंडाः ईद उल फित्रको अवसरमा हेटौंडाका मुस्लिम युवाले आज राहत वितरण गरेको छ । ८० मुस्लिम परिवार र ४० गैरमुस्लिम परिवारलाई आज राहत वितरण गरिएको समीम खानले जानकारी दिनुभयो । मुस्लिम समुदायको इद उल फित्रअघि अहिले रमजानको व्रत जारी छ । यस अवधिमा लकडाउनका कारण विपन्न समुदायलाई समेत खाद्यान्नको अभाव नहोस् भनी राहत वितरण गरिएको खानले जानकारी दिनुभयो ।

अख्तर हुसेनको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम भएको हो । मुस्लिम परिवारलाई खाद्यान्न सामग्रीसँगै नगद एक हजार रुपैयाँ समेत वितरण गरिएको थियो । राहत वितरणका लागि चामल हेटौंडा रिसोर्टले उपलब्ध गराएको समीम खानले जानकारी दिनुभयो ।

Exit mobile version