Home मुख्य समाचार बागमती प्रदेश सभाको बैठक जेठ १२ गते

बागमती प्रदेश सभाको बैठक जेठ १२ गते

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको छैठौं बैठक जेठ १२ गते बस्ने भएको छ । बागमती प्रदेश सरकारको आज बसेको मन्त्री परिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोरोनाको त्रासका कारण भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पोस्ट बहादुर सुरुङ्ग (भिमफेदी–कुलेखानी) मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रीले जानकारी दिनुभयो ।

Exit mobile version