हेटौंडाः सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंंडा–११ को अध्यक्षमा देव कुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार भएको सेवा केन्द्रको पाँचौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
दुई जना सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । श्रेष्ठ यसअघि सेवा केन्द्रको उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल, सचिवमा खेमराज सापकोटा, सह–सचिवमा दिवस पराजुली र कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन हुनुभएको छ । केन्द्रको सदस्यहरुमा मिना भण्डारी, अक्कल रोक्का, उत्तम पण्डित, श्यामकृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, अर्जुन बहादुर मिश्र, यक्ष बहादुर आचार्य, शेषनाथ पुडासैनी, कालु घलान र शेखरराज मैनाली चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको ३ वर्षको कार्यकाल हुनेछ । सामुदायिक सेवा केन्द्रले प्रहरीलाई सहयोग गर्ने हिसाबले लागुऔषध नियन्त्रण, दुव्र्यसनी नियन्त्रण, घरेलु हिंसा रोकथाम, अपराध नियन्त्रण, बालबालिका तथा महिलाको संरक्षण, दुघर्टना न्युनीकरणको क्षेत्रमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
सेवा केन्द्रका निवर्तमान अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतम र केन्द्रका पुर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।