मजदुर दिवसको अवसरमा र्यालीको क्रममा ।

हेटौंडाः मजदुर दिवसको अवसरमा हेटौंडामा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)ले र्याली गरेको छ । सोमबार हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको गेट अगाडिबाट जीफन्ट बागमती प्रदेश कमिटीको आयोजनामा र्याली भएको हो ।

र्यालीमा प्लेकार्ड, ब्यानर, ट्रेड युनियनको झन्डा, बाजागाजा, झाँकीसहित ट्रेड युनियनको झन्डोत्तोलन गरिएको थियो । ¥याली मेनरोड, सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा १३४ औं मे दिवस सफल पारौं, श्रमिकको प्रतिनिधित्वको ग्यारेन्टी गर, मर्यादित कामको ग्यारेन्टी गर, श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर, विश्वका श्रमिक एक हौंलगायत नारा लगाइएको थियो ।

कार्यक्रमा जीफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको नेतृत्वमा भएको थियो । कार्यक्रममा जीफन्टका पूर्वअध्यक्ष मुकुन्द न्यौपाने, हेटौंडा नगर कमिटी अध्यक्ष राजु आचार्य, नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव नवीन सिग्देल, ट्रेड युनियनका पदाधिकारीहरु, नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।