हेटौंडाः धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–३, सिरानबजारमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानबजारका २५ वर्षीय माधव रेग्मी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सोमबार साँझ ६ बजेर ३० मिनेटको समयमा रेग्मी आफ्नै कुखुरा फर्ममा बत्ती हाल्र्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका थिए । घाईते रेग्मीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा राति ८ बजेर ४० मिनेटको समयमा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।