मकवानपुरगढीमा मुढा बनाउने तालिमको क्रमको तस्विर ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिका–२, शिखरकटेरीमा बाँसका मुढा, डोको, टेबुल, नाङ्लो, र्याक र कुर्सी बनाउने तालिम सुरु भएको छ । २० दिने तालिममा १५ जना सहभागी छन् ।

सहभागी मध्ये २ जना पुरुष र १२ जना महिला रहेको गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्यमशीलता विकास गर्नुका साथै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले पालिकाले तालिमको आयोजना गरेको जनाएको छ । तालिमपछि व्यावसायिकरुपमा काम गर्न चाहने सहभागीलाई पालिकाले आवश्यक सहयोग गर्ने बताइएको छ ।