हेटौंडाः चितवन जिल्लामा जंगली फल खाँदा एक जनाको मृत्यु भएको छ । नुवाकोट र धादिङ जिल्लामा दुई जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवन जिल्लाको माडी नगरपालिका–१ मा जंगली फल खाँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६३ वर्षीय जय नारायण ढकाल रहेको प्रहरीले जनाएको छ । ढकालले शनिबार बिहान ७ बजेको समयमा सामुदायिक वनबाट ल्याईएको वन तरुल जस्तो देखिने जंगली फल खाँदा बिमारी परेका थिए । बिरामी ढकाललाई उपचारको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा सोमबार ७ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोट जिल्लाको बेलकोटगढि नगरपालिका–५ मा एक मानिस मृत फेला परेको छ । आईतबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा मिनि चुर्तुरभुज स्थित कोल्फु नदिको किनारमा सनाख्त नभएको ४५ वर्षीय पुरुष ब्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि बेलुका ८ बजे अस्पताल त्रीशुली लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–५ मा एक जना मानिस मृत फेला परेको छन् । आईतबार बिहान ८ बजेर ३५ मिनेटको समयमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–३ कुमरी बस्ने ३४ वर्षीय जय कृष्ण वयलकोटी धुनिबेशी स्थित थाक्रे खोला पुल मुनी मृत फेला परेको प्रहरीले जनाकारी दिएको छ । वयलकोटी शरिरमा चोट पटक नभएको पाईएको छ ।