कार्यक्रममा रक्तदान गर्दौ

हेटौंडाः राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मकवानपुरको आयोजनामा आज बिहान हेटौंडा–११, सहीद स्मारकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाका अनुसार भोलि आइतबार हेटौंडा औद्योगिक क्षेत्रस्थित आरएन केमिकल उद्योगले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यस्तै बैशाख २१ गते महामति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेकोले मागअनुसार रगत वितरण गर्न सहज अवस्था रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।