हेटौंडाः भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा हेटौंडाका युवाले आज बिहान प्रदर्शन गरेका छन् । भौतिक दुरी कायम राख्दै हेटौंडाका युवाले हेटौंडाको प्रमुख चोक बुद्धचोकमा भारतीय अतिक्रण विरुद्ध नेपाल सरकारलाई गम्भीर भएर कुटनीतिक पहल गर्न आव्हान गरिएको छ ।
९ जना युवाले प्ले कार्ड बोकेर भारतीय अतिक्रणको विरुद्धमा प्रदर्शन गरेका हुन् । युवाको एक समूहले प्रदर्शन गर्ने जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको थियो । भारतले नेपालको भूभाग अतिक्रण गरे लिपुलेक हुँदै चीनसँगको नाकामा सडक सञ्जाल विस्तार गरेसँगै भारतविरुद्ध देशव्यापी विरोध भइरहेको छ ।