हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा एसईई परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण दिइएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा मकवानपुरका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण दिइएको हो ।
आगामी शुक्रबार (चैत्र १७ गते)देखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकारबारे अभिमुखीकरण दिइएको छ । २५ वटा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण दिइएको हो ।