हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माविको ७२ औं वार्षिकोत्सवको अवसरमा शनिबार शिक्षक हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

हेटौंडा उपमहानगर क्षेत्रका १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा हेटौंडा–१८ स्थित गोरक्षनाथ मावि प्रथम, आयोजक बालवोध मावि द्वितीय तथा हेटौंडा–१४ स्थित जनज्योति मावि तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः तीन हजार, दुई हजार एकसय र एक हजार दुई सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षता तथा १७ नम्बर वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभएको छ ।