हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रदेश कार्यालयको आयोजना तथा बागमती प्रदेश प्रहरी अस्पतालको समन्वयमा कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
शिविरमा बालस्वास्थ्य विशेषज्ञ, स्त्री स्वास्थ्य विशेषज्ञ र जनरल फिजिसियनद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा प्रदेश प्रहरी कार्यालय लगायत मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी कर्मचारीहरू र प्रहरी कर्मचारीका परिवारका सदस्य समेत गरी १ सय ८४ जनाले सेवा प्राप्त गरेका छन् ।











