सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत एक हप्तामा १ सय ८९ जना पक्राउ परेका छन् । बैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको स्वीप अपरेशनमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, लागुऔषध बिक्री वितरण तथा सेवन गर्ने तथा सरकारी कार्यालयमा सेवा प्रवाहमा असर पु¥याउने विचौलियाहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

सो अवधिमा स्वीप अपरेशन अन्तर्गत १ सय ६९ जना पक्राउ परेका छन् भने विभिन्न कार्यालयबाट २० जना विचौलिया पक्राउ परेका छन् । स्वीप अपरेशनतर्फ पक्राउ परेकाहरु मध्ये १५१ जनालाई छानविन पश्चात छोडिएको र १८ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । यसैगरी विचौलियाहरुमध्ये पनि १८ जनालाई छानविन पश्चात छोडिएको छ भने २ जना विरुद्ध मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।