पछिल्लो समयमा बीबीए पढाईप्रति विद्यार्थीको रुचि बढ्दै गएको छ । नियमित हुने पढाई र पढाईप्रतिको विद्यार्थीको रुचिका कारण नतिजा पनि उत्कृष्ट आउने गरेको छ । क्याम्पसको पढाई, परीक्षा र विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले मकवानपुर बहुमुखी क्याम्पसको बीबीएमा अध्ययनरत विद्यार्थीहरु रश्ना बर्तौला, इरा लामा, लक्ष्मी थापा मगर र सन्ध्या देवकोटासँग गर्नुभएको कुराकानीः

समाजः अहिले बीबीए चौथो सेमेस्टरको पठनपाठन कस्तो चलिरहेको छ ?
इराः बीबीएको कक्षा सुरु भएको भर्खर एक÷ढेड महिना जति मात्र भएको छ । हाम्रो पठनपाठन अहिले नियमित र राम्रो भइरहेको छ ।

समाजः कक्षा १२ सम्म पढ्नुभएको वार्षिक परीक्षा हुने प्रणाली र अहिलेको अर्धवार्षिक परीक्षा हुने प्रणाली (सेमेस्टर) मा के फरक पाउनुभयो ?
इराः हामीले कक्षा १२ सम्म चाहिँ परीक्षा हुने प्रणालीमा पढेका थियौं । परीक्षा हुने प्रणालीमा एक वर्षपछि मात्र परीक्षा हुने भएकाले शिक्षाको अवधि लामो थियो । वार्षिक परीक्षा हुने प्रणालीमा चाहिँ बिस्तारै पढे पनि हुन्छ या परीक्षा नजिक आएपछि पढेपनि हुन्छ भन्ने प्रवृत्ति हुन्थ्यो । तर, सेमेस्टर प्रणालीमा प्रत्येक छ महिनामा परीक्षा हुने भएकाले हामी सुरुबाटै एकदमै सक्रिय भएर राम्रोसँग पढ्नुपर्ने हुन्छ ।

समाजः बीबीएस र बीबीएमा के फरक पाउनुभयो ?
इराः बीबीएसमा व्यवहारिक सिकाइभन्दा सैद्धान्तिक सिकाइ बढी हुन्छ । यसमा आइटीसम्बन्धी सिकाइ पनि एकदम कम हुन्छ । बीबीएमा चाहिँ आइटीसम्बन्धी व्यवहारिक सिकाइ हुन्छ । यसमा चाहिँ प्रिजेन्टेसन, फिल्ड भिजिट, केस स्टडी आदि पाठ्यक्रममै समावेश भएको हुन्छ । यसले गर्दा बीबीएसमा भन्दा बीबीएमा कम्युनिकेशन तथा लिडरसिप स्किलको बढी विकास हुन्छ ।

समाजः अरु कोर्षमा भन्दा बढी बीबीएमा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?
रश्नाः मैले बीबीए पढिसकेपछि अरु कोर्ष पढ्नेहरुले एक वर्षमा सिक्ने तथा लिने ज्ञान हामीले छ महिनामा लिन सकिने रहेछ भन्ने कुरा बुझँे । बीबीएस, बीबीएमलगायतले एक वर्षमा पढेर दिने परीक्षा हामीले छ महिनामै दिनुपर्छ । हामी सबै वार्षिक परीक्षा प्रणालीबाट कक्षा १२ पढेर आएका हुनाले सुरुमा गाह्रो नै हुन्छ । बिस्तारै समय व्यवस्थापन गरेर अरु कोर्षमा भन्दा बढी मेहनत गर्नुपर्छ ।

समाजः लक्ष्मी, तपाईंले स्कूल शिक्षा युएई (दुबइ) बाट गर्नुभयो र अहिले ब्याचलर नेपालमा गर्दै हुनुहुन्छ, दुबई र यहाँको पढाइमा के भिन्नता पाउनुभयो ?
लक्ष्मीः दुबईमा विद्यार्थीहरुलाई शिक्षकले पढाए पनि विद्यार्थीहरु शिक्षकमा भन्दा बढी आफैंमा निर्भर भएर पढ्छन् । त्यहाँका विद्यार्थीहरु आफैं स्रोत र सामग्री खोजी अध्ययन गरिन्छ । र, यहा“चाहि“ विद्यार्थीहरु फरक–फरकका पाएँ । विद्यार्थीहरुले फरक–फरक स्रोत र तरिकाबाट पढेको पाएँ ।

समाजः ब्याचलर पढ्न नेपाल आउनुको कारण के हो ?
लक्ष्मीः ब्याचलर कहाँ पढ्ने भनेर निर्णय लिन मलाई धेरै गाह्रो भएको थियो । मसँग धेरै विकल्पहरु थियो । बीबीए पढ्नका लागि जुनसुकै विश्वविद्यालय गए पनि एउटै हो । त्यसकारण मैले त्यही धेरै विकल्पहरुमध्ये बीबीए पढ्नका लागि नेपाल रोजँे ।

समाजः सन्ध्या, तपाईले के कुराले गर्दा अरु कोर्ष नरोजेर बीबीएम नै रोज्नुभयो ?
सन्ध्याः मैले पनि सुरुमा बीबीए नै पढ्नका लागि सीम्याट परीक्षा दिएकी थिएँ । त्यसमा नाम ननिस्केपछि मैले बीबीएम रोजेकी हुँ । बीबीएम पढिसकेपछि मैले बीबीएमा भन्दा यसमा बढी आइटी सिकाइहरु पाएँ । अहिले बीबीएभन्दा बीबीएम नै ठिक लागेको छ ।

समाजः सेमेस्टर प्रणाली र वार्षिक प्रणालीमा कुन ठिक लाग्यो तपाईंलाई र किन ?
सन्ध्याः मलाई सेमेस्टर प्रणाली नै ठिक लाग्यो । किनकि वार्षिक परीक्षा प्रणालीमा एक वर्षसम्म परीक्षाको लागि कुर्नुपथ्र्याे भने सेमेस्टरमा ६–६ महिनामा परीक्षा हुन्छ । पहिलो सेमेस्टरमा रिजल्ट नराम्रो आए पनि दोस्रो सेमेस्टरमा सुधार्ने मौका पाइन्छ । सेमेस्टर प्रणालीले चाहिँ विद्यार्थीको ध्यान अन्य बाह्य विषयमा केन्द्रित हुन दिँदैन ।

समाजः बीबीएसको भन्दा बीबीएको शुल्क बढी छ, शुल्क तिरेको आधारमा सिकाई र सेवा सुविधा कस्तो पाइरहनुभएको छ ?
इराः हामीले बीबीएसको तुलनामा बीबीएमा बढी शुल्क तिर्नुपर्ने हुन्छ । हामीले तिरेको शुल्कअनुसार नै हामीले गुणस्तरीय सिकाइ प्राप्त गरिरहेका छौं जस्तो लाग्छ मलाई । पाठ्यक्रमको मागअनुसार प्राक्टिकल, फिल्ड भिजिट आदि पनि भइरहेको छ । र, कलेजले दिनुपर्ने सेवा सुविधामा पनि हामीलाई कमी गरेको छैन । शिक्षकले सिकाउने कुरामा पनि हामीलाई पर्याप्त मात्रामा सिकाउनु भइरहेको छ ।

समाजः बीबीएसको भन्दा बीबीएको नतिजा राम्रो आउनुको कारण के हो ?
इरा: भनिन्छ नि, कच्चापदार्थ राम्रो भयो भने उत्पादन पनि राम्रै आउँछ । बीबीएमा एकदम सीमित कोटा मात्र हुने भएकाले बीबीए पढ्न चाहने विद्यार्थीहरुमध्ये एकदम राम्रो विद्यार्थीले मात्र पढ्न पाउँछन् । सीम्याट परीक्षा पास गरेरमात्र यसमा पढ्न पाइने भएकाले तल्लो कक्षामा पनि राम्रै रिजल्ट ल्याएर पास भएका विद्यार्थीहरुले मात्र बीबीए कोर्ष पढ्न सकिन्छ । तर, बीबीएसमा त्यस्तो हँुदैन । अर्काे कारणचाहिँ बीबीएसको क्लास बिहान हुने भएकाले विद्यार्थीहरु बिहान पढ्ने, दिउँसो जागिर खान जान्छन् । बीबीएको क्लास दिउँसो हुने र विद्यार्थीहरु केही काममा समावेश भइसकेको नहुने भएकाले हामी पढाईलाई मात्र ध्यान दिइरहेका हुन्छौं । त्यसकारण बीबीएसको भन्दा बीबीएको रिजल्ट राम्रो आएको हो ।