तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै रजिष्टार रेवती सापकोटा ।

हेटौंडाः रेडियो कार्यक्रम उत्पादकहरुका लागि एकदिने तालिमको आयोजना गरिएको छ । एन्टेना फाउण्डेशन नेपालले बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्टारको कार्यालय र अर्थ जर्नालिजम नेटवर्कसँगको सहकार्यमा सोमबार हेटौंडामा लैंगिकरुपमा जिम्मेवार रहँदै वातावरणसम्बन्धी सामग्री उत्पादन गर्ने विषयको तालिम आयोजना गरेको हो ।

तालिममा सहभागीहरु ।

बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, सञ्चार रजिष्टारको कार्यालयका इलेक्ट्रिक इन्जिनियर रोशन कोइराला, तालिममा अर्थ जर्नालिजम नेटवर्कका रमेश भुषाल, एन्टेना फाउण्डेसनका विनय गुरागाई र नम्रता शर्माले सहजीकरण गर्नुभएको छ । तालिममा बागमती प्रदेशको मकवानपुर, चितवन, ललितपुर, काभ्रे जिल्लाका रेडियोमा कार्यरत कार्यक्रम उत्पादकहरुको सहभागिता रहेको छ ।