कुकुरलाई औषधी लगाउँदै ।

हेटौंडाः हेटौैंडा उपमहानगरपालिका क्षेत्रका सार्वजनिक स्थानका सामुदायिक (खुला छाडिएका) कुकुरको उपचार गरिएको छ । शनिबार दाह्री ग्याङ हेटौंडा र परोपकारी युवा सञ्जाल नेपालले उपमहानगरका सार्वजनिक क्षेत्रमा खुला छाडिएका कुकुरको उपचार गरिएको होे ।

हेटौंडा–११ स्थित पर्यटकीय स्थल शहीद स्मारक र हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा भेटिएको सामुदायिक कुकुरहरुको उपचार गरिएको छ । स्मारक र बसपार्कमा गरी शनिबार खुला छाडिएका १० वटा कुकुरको उपचार गरिएको दाह्र्री ग्याङ हेटौंडाका अध्यक्ष अजित खड्काले जानकारी दिनुभयो । छाडा पशु कल्याणका निम्ति सबैै मिली काम गरौं भन्ने उद्देश्यले सामुदायिक कुकुरको उपचार गरिएको उहाँले बताउनुभयो । कुकुरलाई लुतो, दाद, नाम्लेलगायतका रोगविरुद्ध सुई लगाइएको खड्काले बताउनुभयो ।