कुनै समय थियो । कागले कानलग्यो भन्ने बित्तिक्कै, कागको पछि दौडने । तर अहिले मान्छे अवस्था बुझेर, कान छामेर मात्रै हल्लामा लाग्ने किन लाग्ने भनी निर्णय लिने भैसकेका छन् । आजको जत्ति कै सामाचार आजभन्दा १५–२० वर्ष अघि थियो भने धेरै वित्तिय संस्थाको हालत डामाडोल भै सक्ने थियो । तर अहिले त्यस्तो भएको छैन र हुने पनि छैन ।
बजारमा सहकारीले बचत फिर्ता गर्न नसकेका एवं बैंकबाट सिल भएका खबरहरु खरको छानोमा लागेको डढेलो जस्तै फैलिएको छ । तर यो २० वर्षको अवधिमा सहकारी शिक्षा, सचेतना एवं आर्जन गरेको विश्वासका कारण संस्थामा कानै नछामी बचत फिर्ता गर्ने लाम लागेको छैन र लाग्ने पनि छैन । संसार भरीका वित्तिय संस्थाहरु एक्कै पटक कसैलाई पनि सबै पैसाको जरुरी नहुने भएकाले नै सञ्चालित छन् । कसैले राख्छन्, कसैले ऋणको रुपमा लान्छन् त कसैले आवश्यकता परेको बराबर मात्र बचत फिर्ता लान्छन् । यसरी नै वित्तिय संस्था सञ्चालित छ ।
जुन सुकै पेशाव्यवसाय फष्टाउनका लागी वातावरण महत्वपूर्ण हुन्छ । कोभिड पछिको वित्तिय संकट एवं तरलता समस्या । विश्व राष्ट्रहरुको युद्धका घटनाहरु । राज्यको बिकास बजेटका खर्चको अवस्था आदि कारण नेपालले तरलता संकटको अवस्था झेल्दै आएको थियो । मंसिर देखि बैशाख सम्म कठिन अवस्थमा गुज्रिरहेका वित्तिय संस्थाले जेठ, असारमा केही सहजताको सास फेर्यो । तर जसै श्रावण लाग्यो । उपत्यकाका केही सहकारी संस्थाहरु बन्दका समाचारले देश नै हल्लाएको छ । तर देश हल्लिए पनि आफू सदस्य भएर संस्थालाई विश्वास गरेका सहकारी संस्थाका सदस्यहरु हल्लिएका भने छैनन् ।
सहकारी त्यस्तो संस्था हो जहाँ सदस्यले आफ्नो पूर्ण विश्वास सहकारीमा गरेका हुन्छन् । सहकारी त्यस्तो संस्था हो जहाँ सदस्यलाई आवश्यक परेको समयमा फिर्ता गर्न सक्ने गरी पर्याप्त तरलता व्यवस्थापन गरेका हुन्छन् । तरलताको बजारमा अभाव हुने आभाष भए देखि नै सहकारी संघहरुले पल्र्सको मापदण्ड भन्दापनि बढी तरलता कायम राख्न सबै संस्थाहरुलाई आह्वान गर्यो । संस्थाहरुले पनि सोहीअनुसार आफूलाई तयारी अवस्थामा राख्यो । जसले यो कुरालाई बेवास्ता गरेर महत्वकांक्षी लगानी गर्यो उसले रकम फिर्ता गर्न असमर्थ बन्यो र समाचार बन्यो । करणहरु अनेकौं होलान् तर तरलता व्यवस्थापनमा ध्यान नजानु नै उक्त संस्थाहरुको मुख्य कमजोरी हो ।
यस बिचमा समुदायमा स्थापित सहकारी संस्था, सहकारी संस्थाका म्यानेजर्स क्लब, अभियानका शिर्षस्थ निकायहरुबाट समेत कस्तो सहकारीम सदस्य बन्ने वा नबन्ने, के कस्ता कुरामा सहकारीहरुले ध्यान दिने भन्ने विभिन्न कुराहरु सामाजिक सञ्जाल एवं छापामा आए । तिनलाई पनि यस लेखमा समावेश गर्दै आफ्ना केही थप विचारहरु पनि यहाँ लिपिबद्ध गर्न चहान्छु । सदस्यले सहकारी छनौट गर्दा बिलकुलै रुपमा चन्द्रागिरी साकोस र पोखरा रोयल साकोस, म्यानेजर्स क्लब लुम्बिनीले उल्लेख गरे बमोजिम सहकारी संस्थाको छनौट गर्नु उपयुक्त हुन्छ । त्यो सहकारी संस्थाले सदस्यलाई दिनु पर्ने शिक्षा र गर्नु पर्ने सञ्चार पनि हो । यसका अलावा माथिल्लो पंक्तिमा पनि यो पंक्तिकारले उल्लेख गरिसकेको छु कि संसारका वित्तिय संस्थाहरु त्यस कारणले सञ्चालित छन् कि सबैलाई सबै रकम एकै समयमा आवश्यक हुंदैन । यसर्थ वर्तमान अवस्थामा सहकारी संस्था एवं सदस्यले बुझ्नु र व्यवहारमा लागू गर्नु पर्ने कुराहरु:
सदस्यको तर्फबाट :
– सही सहकारी छनौट गर्ने ।
– संकटमा अनावश्यक रकम घरमा नथुपार्ने ।
– आवश्यक रकममात्र साबिकमा जस्तै गरी चलाउने ।
– नियमित बचत संस्थामा अनिवार्य रुपमा भविष्यको सहाराको रुपमा गर्ने । जस्तै संकट आईपरे पनि नियमित बचत गर्न नछोड्ने ।
– संस्थाले आयोजना गर्ने वित्तिय परिचालन तालिमहरुमा सहभागि हुने ।
– सहकारी संस्थालाई आवश्यक पृष्टपोषण दिने ।
संस्थाको तर्फबाट :
– पर्याप्त सदस्य शिक्षा दिने ।
– पर्याप्त तरलताको व्यवस्थागर्ने ।
– तरलता व्यवस्थान गरी ऋण लगानी नगर्ने । ब्याजको लोभमा
नफस्ने । संस्था र सदस्य रहे नाफा कमाउँला, लाभांश बाडौंला, संस्था नै बन्द भए, सदस्यको न्यूनतम आवश्यता नै पुरा नभई सदस्य संकटमा परे कस्ले बचत गर्लान् र कस्ले ऋण परिचालन गर्लान् र संस्था रहला ।
– संस्थामा नियमित बचत ४० प्रतिशत भन्दा बढी कायम राख्न सदैव सचेत रहने ।
– सदस्यहरुका लागी वित्तिय
परिचालन एवं व्यवसायिक योजना तर्जुमा क्षमता विकास तालीम, वित्तिय साक्षरता कार्यक्रमहरु नियमित गर्ने ।
– वित्तिय संकटको समयमा सदस्यहरुसग निरन्तर सम्पर्कमा रहने एवं सदस्यज्यूहरुको पृष्टपोषण निरन्तर
लिईरहने ।
– पर्याप्त ऋण सुरक्षण कोष व्यवस्था गर्ने ।
– नियमित आन्तरिक एवं वाह्य लेखा परिक्षण, साधारण सभा गर्ने ।
– मासिक प्रतिवेदन सदस्यमाझ पुग्ने व्यवस्था मिलाउने ।
– नियमित पल्र्स मापदण्ड परिक्षण गरी संस्थाको अवस्था जानकारीमा राख्ने र सोही बमोजिम योजना अघि बढाउने ।