बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

प्रदेश सरकारले चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कृषिमा आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरण गर्न बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपन्छी मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।