Home मुख्य समाचार बागमती प्रदेशमा ७० अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशमा ७० अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

प्रदेश सरकारले चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कृषिमा आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरण गर्न बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपन्छी मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Exit mobile version