रक्तदान गरिँदै ।

हेटौंडाः आइतबार हेटौंडाका दुईस्थानमा भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा–४, हुप्रचौरस्थित एआर मार्टको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् भने हेटौंडा–७, नागस्वतीचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालका अनुसार दुईस्थानमा भएको रक्तदान कार्यक्रमबाट संकलित रगतले मागअनुसार वितरणका लागि सहज भएको छ ।