एसईईमा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः विद्यालय तहको परीक्षा (एसईई) को ऐच्छिक प्रथम विषयको परीक्षामा नियमिततर्फ ६ हजार ६ सय ९६ जना विद्यार्थी उपस्थित भएका छन् ।

शुक्रबार भएको ऐच्छिक प्रथम विषयको परीक्षामा नियमितअन्तर्गत २ सय ४१ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका अधिकृत कृष्ण पौडेलले जानकारी दिनुभयो । यस्तै, प्राविधिकतर्फ ६३ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।