
हेटौंडाः स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराउनुभएका रविन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिनु भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालयमा पार्टीका नेताहरुको उपस्थितिमा उम्मेदवारी फिर्ता लिन घिमिरे सहमत भएको हो ।

पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहनुभएका विष्णुगोपाल महर्जनलाई समर्थन गर्ने गरी घिमिरेले उम्मेदवारी फिर्ता लिनुभएको हो । पार्टीका नेताले अर्को पटकको निर्वाचनमा वडा अध्यक्षको टिकट दिने तथा अहिले जिल्ला सदस्यमा मनोनित गर्ने प्रतिवद्धता व्यक्त गरेपछि पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार विष्णुगोपाल महर्जनलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको रविन्द्र घिमिरेले बताउनुभयो ।
२ नम्बर वडामा सत्तारुढ दलबाट गठबन्धन बनाई उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धनमा आवद्ध दलका सबै उम्मेदवारले चुनाव चिन्ह रुखबाट उम्मेदवारी दर्ता गराएका छन् ।