हेटौंडाः हेटौंडामा मंगलबारदेखि निःशुल्क ज्वरो र डेंगु परीक्षण शिविर सञ्चालन भएको छ । टोल विकास संस्था नगर समन्वय समितिको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा आज निःशुल्क ज्वरो उपचार कक्ष स्थापना भइ निःशुल्क रुपमा ज्वरोको र डंगुुको परीक्षण शिविर सञ्चालन भएको हो । डेंगुको सङ्क्रमण मकवानपुरमा पनि फैलिएको कारण शिविर सञ्चालन गरिएको समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा शिविर सञ्चालन गरिएको हो । ज्वरोका सबै विरामीहरुलाई शिविरमा सहभागिता जनाइ डेंगुु परीक्षण गर्न अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको छ ।